शनिवार काभ्रेमा १४ नयाँ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ आश्विन १०, शनिबार मा प्रकाशित ६४५ पटक पढिएको
शनिवार काभ्रेमा १४ नयाँ संक्रमित थपिए

असाेज १०, काभ्रे। शनिवार काभ्रेमा कोरोना भाइरसका १४ जना संक्रमित थपिएका छन् ।

थपिनेमा बनेपा नगरपालिकाका २ महिला, मण्डनदेउपुर नगरपालिकाका १ महिला र पाॅचखाल नगरपालिकाका ९ पुरुष र २ महिला गरी १४ जना नयाँ संक्रमित थपिएका हुन । पाॅचखाल नगरपालिकाका देखिएका सबै नेपाली सेनाका शान्ति तालिमका रहेका छन् ।

यससँगै जिल्लामा संक्रमितको संख्या ५ सय ९६ पुगेका छन् ।

आज ३ जना संक्रमित निको भएर घर फर्केका छन ।

प्रतिक्रिया दिनुहोस