काभ्रेमा १५ जना कोरोना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ आश्विन १२, सोमबार मा प्रकाशित ७९४ पटक पढिएको
काभ्रेमा १५ जना कोरोना संक्रमित थपिए

असोज १२ काभ्रे। काभ्रेमा १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अाज एक जना कोरोना जितेर घर फर्किएका छन् ।

थपिएका नयाँ कोरोना भाइरसका संक्रमितमा सबैभन्दा बढी धुलिखेल नगरापलिकाका ६ जना रहेका छन् । धुलिखेल नगरपालिकाका ४ जना महिला र २ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

त्यस्तै बनेपा नगरपालिकाका ४ जना महिला र १ पुरुष, पनौती नगरपालिकाका २ जना पुरुष र १ जना महिला संक्रमित भएका छन् । त्यसैगरी पाँचखाल नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको हो ।

यो संख्या जिल्लामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६१५ पुगेको छ । ४०६ जना निको भएर घर फर्किएका छन् । जिल्लामा हालसम्म कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भइसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस