काभ्रेको पाँचखालमा ८ जना सक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ आश्विन १३, मंगलबार मा प्रकाशित ४४५ पटक पढिएको
काभ्रेको पाँचखालमा ८ जना सक्रमित थपिए

असोज १३, काभ्रे। काभ्रेको ‎पाँचखालमा ८ जना नयाँ सक्रमित थपिएका छन् ।

थपिनेमा पाँचखाल नगरपालिकाका ५ जना महिला र ३ जना पुरुष छन् । पाँचखाल वडा नं ५ का ४ जना महिला र १ जना पुरुष गरी ५ जनामा कारोना देखिएको छ । वडा नं ५ मा देखिएका सबै एउटै परिवारका हुन । त्यस्तै वडा नं ३ मा २ एक पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । वडा नं ३ मा देखिएका १ जना पुरुष सशस्त्र प्रहरी गणका हुन् । आज देखिएका सबै कन्ट्याक ट्रेसिङमा परेका हुन ।

यो सँगै काभ्रेमा कोरोना संक्रमणको संख्या ६ सय २३ जना पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस