काभ्रे अपडेट: १४ जनाले कोरोना जिते, ८ जनामा संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७७ आश्विन १४, बुधबार मा प्रकाशित ६८३ पटक पढिएको
काभ्रे अपडेट: १४ जनाले कोरोना जिते, ८ जनामा संक्रमण पुष्टि

असाेज १४, काभ्रे। जिल्लामा आज (बुधबार) १४ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

त्यस्तै आज काभ्रेमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयको जानकारी छ । संक्रमण पुष्टि भएकाहरुमध्ये पनौती नगरपालिकाबाट १ पुरुष, बनेपा नगरपालिकाबाट २ जना महिला, धुलिखेल नगरपालिकाबाट १ जना पुरुष र नमोबुद्ध नगरपालिकाबाट ४ जन पुरुष रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले बताए ।

उनका अनुसार योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ३८ पुगेको छ । संक्रमितमध्ये काभ्रेमा अहिले १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै जिल्लाका ४ सय ३३ जना उपचारपछि कोरोना निको भइ घर फर्किएका छन् ।

हालसम्म जिल्लामा ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस