काठमाडौं उपत्यकामा हालसम्मकै धेरै १६३८ जनालाई कोरोना संक्रमण

१३ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ४२० पटक पढिएको
काठमाडौं उपत्यकामा हालसम्मकै धेरै १६३८ जनालाई कोरोना संक्रमण

असाेेज १६, काठमाडौं । आज काठमाडौं उपत्यकामा हालसम्मकै धेरै १६३८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सहित देशभर १३ जनाको मृत्यु भएको छ।

यससँगै, उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ । जसमा काठमाडौंमा २१ हजार ६७३ ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ संक्रमित रहेका छन्।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ८२ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

२१ हजार २३४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन् भने होम आइसोलेसनमा  ११ हजार ७६० जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेका छन्


प्रतिक्रिया दिनुहोस