काभ्रेमा थपिए २८ जना नयाँ संक्रमित, एक जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ आश्विन १८, आईतबार मा प्रकाशित ५४८ पटक पढिएको
काभ्रेमा थपिए २८ जना नयाँ संक्रमित, एक जनाको मृत्यु

असाेज १८, काभ्रे। काभ्रे जिल्लामा आज (आइतबार) २८ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार आज थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिकाबाट ४ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र २ जना पुरुष, पाँचखाल नगरपालिकाबाट २ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना पुरुष र ३ जना महिला र बनेपा नगरपालिकाबाट १० जना पुरुष र ५ जना महिला गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाको जानकारी छ ।

एक जनाकाे मृत्युु

उनका अनुसार काभ्रेमा आज (आइतबार) थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बनेपा नगरपालिकाका ४५ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डा.झाले बताए । मृतकमा कोरोना संक्रमण पुष्टि भएको उनको जानकारी छ । योसँगै जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८ पुगेको कार्यालयको जानकारी छ ।

आज थपिएका संक्रमितसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार अहिले काभ्रेमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ७२ रहेको छ । जिल्लाका ४ सय ४८ जनाले उपचारपछि कोरोना जितेर घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस