असोज, २२, काभ्रे। काभ्रेमा आज २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धुलिखेल नगरपालिका १ पुरुष,मण्डनदेउपुर नगरपालिकाका २ पुरुष र १ महिला,नमोबुद्धका १ पुरुष,रोशी गाँउपालिकाका १ महिला र बनेपा नगरपालिका १० पुरुष ७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ८९७ पुगेको छ । हाल सम्म ५८३ जना उपचार पछि निको भएका छन् ।
आज मात्र ५१ जना डिस्चार्ज भएका छन् । आझै जिल्लामा ३०६ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस