कर्मचारीमा संक्रमण देखिएपछि काभ्रेका सरकारी कार्यालय धमाधम बन्द हुदै

नौलो समाचार संवाददाता
२०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ४४५ पटक पढिएको
कर्मचारीमा संक्रमण देखिएपछि काभ्रेका सरकारी कार्यालय धमाधम बन्द हुदै

असोज २३, काभ्रे। सरकारी कार्यालयका कर्मचारीमा पनि काेराेना संक्रमण देखिन थालेपछी काभ्रेका विभिन्न सरकारी बन्द हुन थालेका छन्।

कर्मचारीमा काेराेन संक्रमित भेटिएपछि स्वास्थ्य कार्यालय काभ्रेको सेवा अनिश्चिकालका लागि बन्द गरिएको छ । कार्यालयको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्नु परेको बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

कोरोना संक्रमित कर्मचारीसँगको प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारीहरु समेत क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले जनशक्ति अभाव भएकाले सेवा बन्द गरिएको डाक्टर झाले बताउनुभयो । डाक्टर झाले आज एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नहुदाँसम्म कार्यालयको आन्तरिक काम मात्रै सञ्चालन हुने बताउनुभएको छ ।

मालपोत कार्यालय पनि बन्द

मालपोत कार्यालय काभ्रे पनि बन्द गरिएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत बन्द गरिएको हो । कोरोना भाइरसको संक्रमण पुष्टि भएकाको सम्पर्कमा आएका ब्यक्ति समेत क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले कार्यालय बन्द गरिएको जनाइएको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै असोज ३० गतेसम्म कार्यालय बन्द हुने जनाएको छ । यो अवधिमा कार्यालयले कुनै पनि सेवा दिन नसक्ने बताएको छ ।

जिल्लाका दुई पालिका पनि बन्द

जिल्लामा रहेका दूई पालिका र दुई सरकारी कार्यालयमा कोरोना देखिएपछि अन्याबश्यक बाहेकका काम बाहेक कार्यालय बन्द भएका छन् ।

जिल्लाका मण्डनदेउपुर नगरपलिका र रोशी गाउँपालिकामा विहिबार देखि अत्याबश्यक बाहेकका सबै बन्द भएको हो ।


प्रतिक्रिया दिनुहोस