काभ्रेमा एकैदिन ४३ जना कोरोना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ६५८ पटक पढिएको
काभ्रेमा एकैदिन ४३ जना कोरोना संक्रमित थपिए

असोज २३, काभ्रे। आज काभ्रेमा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार अनसार एकैदिन ४३ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

थपिनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १४ जना महिला र १० जना पुरुष रहेका छन् । त्यस्तै बनेपाका ११ जना पुरुष र ५ जना महिलामा भाइरस संक्रमण पुष्टि भएको हो । पनौती नगरपालिकाका महिला र पुरुष १, १ जना तथा रोशी गाउँपालिकाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ९४० पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार आज एक पनि कोरोना संक्रमित डिस्चार्ज भएका छैनन् ।

जिल्लामा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस