काभ्रेमा काराेना संक्रमितका मृत्यु

नौलो समाचार संवाददाता
२०७७ आश्विन २५, आईतबार मा प्रकाशित ६०६ पटक पढिएको

काभ्रेमा काराेना संक्रमितका मृत्यु

असाेज २५, काभ्रे। जिल्लामा आज कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत एक पुरुषको आज बिहान ६:२३ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका वडा नं ११ का ५० वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार मृतक पुरुषको स्वास्थ्यमा क्रोनिक अल्कोहोलिक लिभर डिजिज नाम समस्या रहेको थियो । ११ दिन अघि उनमा कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो ।

योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पुगेको छ ।






प्रतिक्रिया दिनुहोस