आईतवार काभ्रेमा ४३ कोरेना संक्रमित थपिए, एक जनाको मुत्यु

नौलो समाचार संवाददाता
२०७७ आश्विन २५, आईतबार मा प्रकाशित ८०४ पटक पढिएको

आईतवार काभ्रेमा ४३ कोरेना संक्रमित थपिए, एक जनाको मुत्यु

असोज २५, काभ्रे। आईतबार ४३ संक्रमित थपिएपछि काभ्रेमा कोरोना संत्रमित संख्या एक हजार पुगेको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिकाका ६ जना पुरुष र २ जना महिला, पनौती नगरपालिकाका ८ जना पुरुष र ६ जना महिला, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला, पाँचखाल नगरपालिकाबाट ३ जना पुरुष र २ जना महिला र बनेपा नगरपालिकाबाट ९ जना पुरुष र ५ जना महिला गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै काभ्रेमा संक्रमितको संख्या १ हजार १ पुगेको हो ।

थप एक जनाको मुत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आईतवार थप एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुने धुलिखेल नगरपालिका वडा नं ११ का ५० वर्षीय पुरुष छन् ।






प्रतिक्रिया दिनुहोस