काभ्रेमा थपिए ३७ जना नयाँ संक्रमित

नौलो समाचार संवाददाता
२०७७ आश्विन २६, सोमबार मा प्रकाशित ३६६ पटक पढिएको
काभ्रेमा थपिए ३७ जना नयाँ संक्रमित

असोज २६, काभ्रे। काभ्रेमा ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार धुलिखेलमा ५ जना, पनौतीमा ३, मण्डनदेउपुरमा ३, नमोबुद्ध नगरपालिकाबाट १०, रोशी गाउँपालिकाबाट १, बनेपामा १५ जना गरी ३७ नयाँ संक्रमित थपिएका छन्।

यो संगै काभ्रेमा काेराेना संक्रमितकाे संख्या १ हजार ३८ पुगेको छ भने ६ सय ९ जना निको भएका छन्।


प्रतिक्रिया दिनुहोस