काठमाडौं उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित

देशभर ४ हजार ४७ जनामा संक्रमण
नौलो समाचार संवाददाता
२०७७ आश्विन २६, सोमबार मा प्रकाशित ६९५ पटक पढिएको
काठमाडौं उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित

असोज २६, काठमाडौं। आज (साेमबार)काठमाडौं उपत्यकामा थप २२८३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै देशभर ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टमा १ हजार ४७३ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस