असोज २८, काभ्रे। जिल्लामा आज (बुधबार) ४० जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
आज थपिएका संक्रमितहरुमध्ये धुलिखेल नगरपालिकामा २१ जना, पनौती नगरपालिकामा ८ जना, बनेपा नगरपालिकामा ११ जना सहित ४० जना रहेेेका छन्।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय ३६ पुगेको छ ।
एक जनाको मृत्यु
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आजै एक जना महिला संक्रमितको मृत्यु भएको छ । जिल्लाको बेथानचोक गाउँपालिकाकी ७५ वर्षीय महिलाको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको कार्यालयका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिए । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।
जिल्लामा आज ९ जना संक्रमित उपचारपश्चात संक्रमणमुक्त भएका छन् । हालसम्म जिल्लाका ६ सय २९ जना संक्रमणमुक्त भएका छन् । अहिले काभ्रेमा ४ सय ९७ जना सक्रिय संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस