काभ्रेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ आश्विन २९, बिहिबार मा प्रकाशित ८९१ पटक पढिएको
काभ्रेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

असोज २९, काभ्रे। कोरोना संक्रमण पुष्टि भएका बनेपाका २ जनाको मृत्यु भएको छ । एक महिनादेखि धुलिखेल अस्पतालमा भेन्टिलेटरमा उपचाररत बनेपा–१३ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

मधुमेहको समेत समस्या भएका उनी भदौ २७ गतेदेखि अस्पतालमा उपचाररत थिए । मृतक पुरुषकै ४५ वर्षका भाइको असोज १८ गते कोरोना संक्रमणकै कारण उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै मिर्गौलासम्बन्धी समस्या भएका बनेपाका ७७ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको छ । बुधबार धुलिखेल अस्पताल गएका उनी डायलासिसका लागि समय लिएर पीसीआर परीक्षण गरेर घर फर्किएका थिए । उनको घरमै मृत्यु भएको हो ।

पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले जानकारी दिए ।

यो संगै काभ्रेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस