काभ्रेमा आज ३१ जनामा कोरोना संक्रमण

२ जना संक्रमितको मृत्यु
नौलो समाचार संवाददाता
२०७७ आश्विन २९, बिहिबार मा प्रकाशित ४८४ पटक पढिएको
काभ्रेमा आज ३१ जनामा कोरोना संक्रमण

असोज २९, काभ्रे। काभ्रे जिल्लामा आज ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकामा १९ जना, धुुुलिखेलमाा ६, पनौती नगरपालिकामा ५, पाँचखालमा १ जना सहित ३१ जना रहेका छन्।

याे सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय ६८ पुगेको छ ।

दुई जनाको मृत्यु

त्यस्तै काभ्रेमा २ जनाको कोरोना संक्रमितको मृत्यु भएको कार्यालयको जानकारी छ ।

कार्यालयका अनुसार बनेपा नगरपालिकाका ५० वर्षीय पुरुषको असोज २८ गते धुलिखेल अस्पतालमा उपचारको मृत्यु भएको थियो । त्यसैगरी बनेपा नगरपालिकाकै ७० वर्षीय पुरुषको कोरोनाका कारण संक्रमितको आफ्नै गरीमा मृत्यु भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार योेसँगै जिल्लामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

त्यस्तै आजै जिल्लाका ८ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस