काभ्रेमा आज थपिए ३७ नयाँ संक्रमित

नौलो समाचार संवाददाता
२०७७ आश्विन ३०, शुक्रबार मा प्रकाशित ५९७ पटक पढिएको
काभ्रेमा आज थपिए ३७ नयाँ संक्रमित

असोज ३०, काभ्रे। काभ्रे जिल्लामा अाज (शुक्रबार) एकैदिन ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ८ जना, बनेपाका १७, पाँचखालका १ जना र पनौतीका २ जना रहेका छन् । यस्तै मण्डनदेउपुरका ६, नमोबुद्धका २ र चौरीदेउरालीका १ जना रहेका छन् ।

आज थपिएका ३७ जनासँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार २०५ पुगेको छ ।

हालसम्म काभ्रेमा काेेेराेनाका कारण १२ जनाको मुत्यु भैसकेकाे छ।


प्रतिक्रिया दिनुहोस