कात्तिक २, काभ्रे। काभ्रे जिल्लामा आज (अाईतबार) ३३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार थपिएका नयाँ संक्रमित मध्ये सबैभन्दा धेरै पनौती नगरपालिकाका रहेेेका छन्।
आज पनौतीनगरपालिकामाा १७ जना, बनेपामा १०, मंन्डनदेउपुुरमा ३, पाँचखाल २, बेथानचाेक गाउँपालिकामा १ जना सहित ३३ जना संक्रमित थपिएका हुन्।
आज थपिएका ३३ जनासँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार २४३ पुगेको छ ।
हालसम्म काभ्रेमा कोेरोनाका कारण १३ जनाको मुत्यु भैसकेको छ।
प्रतिक्रिया दिनुहोस