काभ्रेमा आज २५ जनामा कोरोना संक्रमण, ५२ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ६, बिहिबार मा प्रकाशित ६२७ पटक पढिएको
काभ्रेमा आज २५ जनामा कोरोना संक्रमण, ५२ जना डिस्चार्ज

कात्तिक ६, काभ्रे। काभ्रेमा आज थप २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । थपिनेमा पनौती नगरपालिकाका २१ जना र नमोबुद्धका नगरपालिकामा ४ जना सहित २५ जना रहेका छन् ।

योसँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ३ सय ७१ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । हाल सम्म जिल्लामा कोरोनाका कारण १४ जनाको मृत्यु भइसकेको छ ।

आज जिल्लामा ६२ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किका छन् ।

हाल जिल्लामा निको हुनेको संख्या ८ सय ८७ पुगेको छ । हाल जिल्लामा ४ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै अस्पताल आइसोलेसनमा ९३ जना छन् र होम आइसोलेसनमा ३ सय ७७ जना रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस