कात्तिक ९, काभ्रे। काभ्रे जिल्लामा आज (आइतबार) १६ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै आज जिल्लाका पाँच जना संक्रमित संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।
आज थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिकाबाट ६ जना, पाँचखाल नगरपालिकाबाट ६ जना, नमाेबुद्ध नगरपालिकाबाट ४, जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १५ सय २७ पुगेको छ ।
हालसम्म जिल्लाका ९ सय ४५ संक्रमित संक्रमणमुक्त भएका छन् । त्यस्तै काभ्रेमा अहिले ५ सय ६६ जना सक्रिय कोरोना संक्रमित रहेको कोरोना संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ । जिल्लामा हालसम्म १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस