कात्तिक १०, काभ्रे। काेराेना भाइरस (कोभिड–१९) का कारणका काभ्रे धुलिखेल नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ ।
धुलिखेलका ६८ बर्षिय पुरुषको आईतवार धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र झाले जानकारी दिए । यो सँगै जिल्लमामा कोरोनाको कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
५ जना संक्रमित थपिए
त्यस्तै सोमवार जिल्लामा ५ जना संक्रमित थपिएका छन् भने ८ जना निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार धुलिखेल नगरपालिकामा २ पुरुष, बनेपा नगरपालिका १ महिला १ पुरुष र पनौती नगरपालिकामा १ पुरुष गरी ५ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या १५ सय ३२ जना पुगेका छन् ।
सोमवार नै जिल्लाका ८ जना संक्रमण निको भई घर फर्किएका छन । यो सँगै घर फर्कनेको संख्या ९ सय ५३ छ ।
जिल्लामा हालसम्म ५ सय ६२ सक्रिय संक्रमित रहेका छन ।
प्रतिक्रिया दिनुहोस