कात्तिक १३, काभ्रे। काभ्रेमा आज थप २९ जना नयाँ संक्रमित भेटिएका छन्। आज संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा धेरै बनेपाका रहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाका अनुसार बनेपाका १४ जना, नमााेबुद्ध नगरपालिकामा ६, पनौती नगरपालिकामा ५, धुलिखेल नगरपालिकामा ३, पाँचखाल नगरपालिकामा १ गरी जम्मा २९ जना नयाँ संक्रमित भेटिएका हुन्।
यस्तै जिल्लामा आज २ जनाको काेराेना संक्रमणका कारण मृत्यु भएको छ। मृतक धुलिखेल नगरपालिकाका ७० वर्षीय महिला र ५५ वर्षीका पुुुरूष रहेका छन्।
काभ्रेमा हालसम्म १९ जनाको काेराेना संक्रमणका कारण मृत्यु भैसकेको छ।
आजै २० जना संक्रमित उपचार पश्चात निकाे भइ घर फर्किसकेका छन्।
प्रतिक्रिया दिनुहोस