देशभर बिहीबार थपिए २३६४ जना कोरोना संक्रमित, ३०३८ जना डिस्चार्ज

१७ जनकाे मृत्यु
नौलो समाचार संवाददाता
२०७७ कार्तिक १३, बिहिबार मा प्रकाशित १००३ पटक पढिएको

देशभर बिहीबार थपिए २३६४ जना कोरोना संक्रमित, ३०३८ जना डिस्चार्ज

कात्तिक १३, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२  पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको छ भने ००जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ।






प्रतिक्रिया दिनुहोस