कात्तिक १८, काभ्रे। काभ्रेमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिकाको २५ बर्षिय महिला र धुलिखेल नगरपालिकाका ५९ बर्षिय पुरुष छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार मण्डनदेउपुरको महिलाको उनकै घर तथा धुलिखेलका पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै आज काभ्रेमा ५४ जना नयाँ संक्रमित थपिएका छन् । थपिनेमा काभ्रेमा सबैभन्दा बढि बनेपा नगरपालिकामा ११ महिला र १५ पुरुष, धुलिखेल नगरपालिकामा ७ जना महिला ४ जना पुरुष, पनौती नगरपालिकामा ५ पुरुष र १ महिला, पाँचखाल नगरपालिकामा ३ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ४ पुरुष, नमोबुद्ध नगरपालिकामा २ पुरुष, रोशी गाउँपालिका १ पुरुष गरी ५४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयको भनाई छ ।
यो संगै काभ्रेमा कोरोना संक्रमितको संख्या १८ सय २९ पुगेको छ । यस मध्ये १२ सय ६४ जना संक्रमण मुक्त भएका छन् । आज मात्र ३८ जनाले कोरोना जितेका थिए ।
जिल्लामा हाल ५ सय ४२ सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस