काभ्रेमा आज थप १७ जना संक्रमणमुक्त, १३ जनामा कोरोना संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७७ मंसिर २३, मंगलबार मा प्रकाशित ७३७ पटक पढिएको
काभ्रेमा आज थप १७ जना संक्रमणमुक्त, १३ जनामा कोरोना संक्रमण पुष्टि
3D illustration

मंसिर २३, काभ्रे।  जिल्लामा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै जिल्लाका १७ जना कोरोना संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ३ जना पुरुष र ५ जना महिला, धुलिखेल नगरपालिकाबाट २ जना महिला, नमोबुद्ध नगरपालिकाबाट १ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष गरी जिल्लामा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा।नरेन्द्र कुमार झाले बताए ।

उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार ७३ पुगेको छ । त्यस्तै कार्यालयका अनुसार जिल्लाका संक्रमितमध्ये २८ सय १० जना संक्रमणमुक्त भएका छन् । काभ्रेमा अहिले २ सय २४ सक्रिय कोरोना संक्रमित रहेका छन् ।

त्यस्तै जिल्लाका ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस