संसद् विघटनविरुद्ध सर्वोच्चमा निवेदन

नौलो समाचार संवाददाता
२०७७ पौष ५, आईतबार मा प्रकाशित १५७६ पटक पढिएको
संसद् विघटनविरुद्ध सर्वोच्चमा निवेदन

पुष ५, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस र राष्ट्रपतिले गरेको अनुमोदनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा निवेदन पेस भएको छ । अरु पनि निवेदन पर्नसक्ने भन्दै सर्वोच्च अदालत प्रशासनले ती निवेदन सोमबारमात्रै दर्ता गर्ने जनाएको छ ।

सर्वोच्च अदालतमा अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीको एउटा निवेदन दर्ता भएको छ । अनि अधिवक्ताहरु समृत र सुलभ खरेलले अर्को निवेदन पेस गरेका छन् ।

त्यसैगरी अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अर्को निवेदन पनि पेस गरेका छन् । सोमबार नेकपाका केही नेताहरुको तर्फबाट रिट निवेदन दर्ताको तयारी भएको सर्वोच्च अदालत स्रोतले बतायो ।

सबै निवेदनहरुमा प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसको अनुमोदन संविधानविपरीर भएकाले बदरको माग गरिएको छ भने तत्काल प्रारम्भिक सुनुवाइ गरी अन्तरिम आदेश हुनुपर्ने मागसमेत छ ।

प्रतिक्रिया दिनुहोस