प्रधानमन्त्रीले बालुवाटार बोलाए आफूनिकट निवर्तमान सांसदहरू

नौलो समाचार संवाददाता
२०७७ पौष ६, सोमबार मा प्रकाशित ५६९ पटक पढिएको

प्रधानमन्त्रीले बालुवाटार बोलाए आफूनिकट निवर्तमान सांसदहरू

पुष ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बालुवाटारमा बोलाएका छन् । सोमबार(आज)बिहान ९ बजे काठमाडौंमा उपलब्ध सबै निवर्तमान सांसदहरूलाई बालुवाटार आउन खबर गरिएको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए ।

“सबै उपलब्ध सांसदहरूलाई बालुवाटार आउन भनिएको छ । धेरै त जिल्लाजिल्लामा हुनुहुन्छ । कति बिरामी पर्नुभएको छ,” उनले बाह्रखरीसँग भने ।

पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सोमबार दिउँसो १ बजे आफूनिकट निवर्तमान सांसदहरूलाई संसद् भवन बोलाएका छन् । संसद् भवनको ल्होत्से हलमा उपस्थित हुन खबर गरिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

आजै प्रचण्ड–नेपाल समूहले दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाएका छन् ।

निवर्तमान सांसद राईले नेकपा विभाजनको सङ्घारमा पुगेका छन् । उनले निकट भविष्यमै यसको छिनोफानो हुनेगरी गतिविधि अघि बढेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस