वैशाखमा चुनाव हुँदैन: बाबुराम भट्टराई

नौलो समाचार संवाददाता
२०७७ पौष ६, सोमबार मा प्रकाशित ३८७ पटक पढिएको
वैशाखमा चुनाव हुँदैन: बाबुराम भट्टराई

पुष ६, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन् ।

संसद विघटन भएर राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाखको १७ र २७ गते निर्वाचनको मिति समेत तेकिसक्दा भट्टराइको यो भनाइ आएको हो ।

भट्टराइले देश अध्यारो कुनामा फसिसकेको समेत बताउनुभयो । ट्विटरमा लेख्दै उहाँले कानूनी उपचारको झिनो आशा भएपनि त्यसको भर नहुने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद विघटन गरेका थिए।अध्यक्ष भट्टराईले प्रधानमन्त्रीको यो कदमको कडा प्रतिकार गर्ने पनि लेेेेखेका छन्।

प्रतिक्रिया दिनुहोस