सरकारलाई घेराबन्दी गरेर नयाँ जनादेशमा जान बाध्य पारियोः प्रधानमन्त्री ओली

नौलो समाचार संवाददाता
२०७७ पौष ६, सोमबार मा प्रकाशित ६७५ पटक पढिएको
सरकारलाई घेराबन्दी गरेर नयाँ जनादेशमा जान बाध्य पारियोः प्रधानमन्त्री ओली

पुष ६, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षका लागि जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारिएपछि बाध्य भएर संसद भंग गरेर ताजा जनादेशका लागि जानु पर्ने बाध्यत्मक अवस्था सिर्जना भएको बताएका छन्।

सोमबार अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो संसद विघटन गर्ने कार्यको बचाउ गरेका हुन्।

जनादेश राजनीतिक स्थायित्वका लागि भएपनि तर्कहीन विवाद र गतिरोध सिर्जना आजको अवस्था सिर्जना गरिएको प्रधानमन्त्री ओलीको जिकिर छ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकार गठनको एक वर्ष नपुग्दै मुलुक बाहिर गएर अस्थिरताको सन्देश दिएको आरोप लगाए।

सरकारलाई असफल बनाउन विभिन्न बार्गेनिङ गरेर सरकारलाई जनअपेक्षा अनुरुप अघि बढ्न नदिइएको प्रधानमन्त्री ओलीको भनाइ छ।

आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यसको चौतर्फ आलोचना भइरहेको छ। उनले आफ्नै पार्टीका नेताहरुले प्रतिपक्षभन्दा चर्को रुपमा सरकारको विरोध गरेका कारण काम गर्नै नसकिएको अवस्था सिर्जना भएको बताए।


प्रतिक्रिया दिनुहोस