प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दर्ता

नौलो समाचार संवाददाता
२०७७ पौष ६, सोमबार मा प्रकाशित ५१८ पटक पढिएको
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दर्ता

पुष ६ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा सर्वोच्चमा ११ वटा रिट दर्ता भएका छन्।

रिट पेश गर्नेमा सन्तोष भण्डारी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, शुलभ खरेल, अधिवक्ता लोकेन्द्र बहादुर ओली, अधिवक्ता ज्ञानेन्द्र आरण, अधिवक्ता शालिकराम सापकोटा, अधिवक्ता कलमबहादुर खत्री, अधिवक्ता मनिराम उपाध्याय, अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता अमिता गौतम पौडेल रहेका छन्

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले पनि संसद विघटनविरुद्ध रिट पेश गर्ने तयारी गरिरहेका छन्।

रिटमा सरकारको सिफारिस र राष्ट्रपतिको स्वीकृति दुवै असंवैधानिक भएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस