नेकपा विधिवत रुपमै दुई टुक्रा, एक अर्कालाई कारबाही गर्न दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नौलो समाचार संवाददाता
२०७७ पौष ७, मंगलबार मा प्रकाशित ८८६ पटक पढिएको
नेकपा विधिवत रुपमै दुई टुक्रा, एक अर्कालाई कारबाही गर्न दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

पुष ७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपले विभाजनको बाटोमा लाागेको छ ।

पार्टीका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ पक्षले आज अलग-अलग बैठक डाकेका छन् ।

दुबै पक्षले आफुले बोलाएको केन्द्रीय कमिटी बैठक नैं आधिकाारिक भएको तर्क गरेका छन् ।

आजको बैठकबाट एक अर्कालाई अनुसाशनको कारबाही गर्दै पार्टीबाट निष्काशन गर्ने दुबै पक्षको तयारी छ ।

दुवै पक्षका महत्वपूर्ण मानिएका एक-एक जना केन्द्रीय सचिवालय सदस्यहरु रामबहादुर थापा ‘बादल’ र बामदेव गौतम तटस्थ बस्ने निश्चित भएको छ ।

संसद भवनमा आयोजित प्रचण्ड–नेपाल पक्षका निवर्तमान सांसदहरुको भेलामा सहभागी नभएका गौतमले आफू संसद विघटनको विपक्षमा तर पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी फुटको साक्षी नबन्ने घोषणा गर्नु भएको छ।

बालुवाटारमा प्रधानमन्त्री ओलीद्वारा आयोजित भेलामा सहभागी नभएका बादलले पनि हतारमा कुनैपनि निर्णय नलिने बताउनु भएको छ ।

ओली पक्षले आज बिहान ९ बजे प्रधानमन्नी निवास वालुवाटारमा केन्द्रिय कमिटि बैठक बोलाएको छ भने प्रचण्ड पक्षले कार्की पार्टी प्यालेस बबरमहलमा दिउँसो १ बजे बैठक बोलाएको छ ।

संसद विघटनपछिको अवस्था, दुवै पक्षको रणनीती र गृहकार्य हेर्दा एकता भएको झण्डै दुई वर्षपछि नेकपा विभाजनको अन्तिम विन्दुमा पुगेको छ ।

यसैबीच, असंवैधानिक कदम चालेर देशलाई अस्थिरतातर्फ धकेलेको अभियोग लगाउँदै नेकपाले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई आज कारबाही गर्ने भएको छ ।

कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई कारवाही गर्ने यसअघि नै बताइसकेको छ ।

ओलीले आफ्नै पार्टीको स्पष्ट बहुमत रहेको प्रतिनिधिसभा विघटन गरेर देशमा राजनीतिक संकट निम्त्याएको आरोप दाहाल–नेपाल पक्षको छ ।

ओलीलाई अनुशासनको कारबाही हुनेछ । ओली कारबाहीमा परेपछि रिक्त हुने एक अध्यक्षमा माधव नेपाललाई नियुक्त गर्ने तयारी दाहाल–नेपाल पक्षले गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको विधानमा दुई अध्यक्षको व्यवस्था रहेकोले रिक्त हुने स्थान नेपालले लिने बताइएको छ ।

दाहाल–नेपाल पक्षले ओलीलाई कारबाही गरेसँगै नेकपा औपचारिक रुपमा विभाजन हुने अड्कल गरिएको छ ।

नेताहरुले राजनीतिक रुपमा पार्टी विभाजन भैसकेको र विभाजनले कानुनी औपचारिकता पाउन मात्र बाँकी रहेको बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस