नेकपा काभ्रेको कार्यालय ओली पक्षको कब्जामा

नौलो समाचार संवाददाता
२०७७ पौष ७, मंगलबार मा प्रकाशित ६२६ पटक पढिएको
नेकपा काभ्रेको कार्यालय ओली पक्षको कब्जामा

पुष ७, काभ्रे। काभ्रेे बनेपास्थित नेकपा काभ्रेको कार्यालय ओली पक्षका कार्यकर्ताले कब्जामा लिएका छन्। कार्यालयमा आज (मंगलबार)बिहानै ओली पक्षका नेता कार्यकर्ता जम्मा भएर यसअघि कार्यालयमा लगाइएको पुरानो ताल्चा फोडी नयाँ ताला लगाएका हुन्।

यसअघि उक्त कार्यालय तत्कालिन नेकपा एमालेको जिल्ला कार्यालयको रुपमा रहेको थियो । उक्त कार्यालय भवन एमालेले नै निर्माण गरेको हो । कार्यालयमा पुगेका नेकपा जिल्ला नेता कञ्चन अधिकारीले उक्त कार्यालय हिजो पनि आफूहरुकै भएको, आज पनि र भोलीका दिनमा पनि आफूहरुकै हुने बताए । उनले केन्द्रबाट आज घोषणा हुने केन्द्रीय कमिटीलाई स्वागत गर्न आतुर रहेको पनि बताए ।

युवा संघ काभ्रेका अध्यक्ष बिक्रम चौलागाईंले जस्तो परिस्थिति आए पनि कार्यालय नछाड्ने बताए । उनले आफूहरु कार्यालयमा उपस्थित रहेको भन्दै असहज परिस्थिति नआउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस