पुष ११, काठमाडौँ। चिनियाँ कम्युनिष्ट पार्टीको चार सदस्यीय उच्चस्तरीय टोली नेपाल कम्युनिष्ट पार्टीको विभाजन उन्मुख अवस्थामा सरसल्लाह र सम्भावित मध्यस्तताका लागि आइतबार काठमाडौँ आउने भएको छ।
भारतीय दैनिक हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपतिको आदेशमा चार सदस्यीय कम्युनिष्ट नेताहरुको टोली काठमाडौँ आउन लागेको लेखेको छ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहितको चार सदस्यीय टोली काठमाडौँ आउँदै गरेको हो।
स्रोतका अनुसार चिनियाँ राजदूत होउ याङ्छीले उच्च नेकपा नेताहरुसँग उनीहरुको भेटका लागि समय पनि लिइसकेकी छन्। उनले ओली र दाहाल दुवै पक्षसँग समय लिइसकेको उच्चस्तरीय स्रोतले जानकारी दिएको छ।
उच्चस्तरीय टोलीले नेपालमा चार दिन बिताउनेछ।
प्रतिक्रिया दिनुहोस