खड्काको नेतृत्वमा संगीतकर्मी संघ बाग्लुङ्ग

नौलो समाचार संवाददाता
२०७७ पौष १३, सोमबार मा प्रकाशित ९२८ पटक पढिएको
खड्काको नेतृत्वमा संगीतकर्मी संघ बाग्लुङ्ग

पुष १३, बाग्लुङ। देशैभर आफ्नो शाखाको अधिवेशन धमाधम राष्ट्रिय संगीतकर्मी संघ बाग्लुङ्गको प्रथम जिल्ला अधिबेशनले रविन खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

गायक रेशम सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले रबिन खड्काको अध्यक्षतामा २५  सदस्यीय नयाँ कार्यसमिति निर्बाचित गरेको हो । नवनिर्वाचित समितिमा उपाध्यक्ष योगेस मुखिया, महिला उपाध्यक्ष बिपना पुलामी मगर, महा सचिब दिपेन्द्र हमाल, सचीब सुरेस सुनार, सह सचिब बिजय थापा, प्रबक्ता दिपक थापा र कोषाध्यक्ष बिक्की खड्का चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा सुनिल बि.सि, रोशन मल्ल, सौगात नेपाली, प्रबिन विश्वकर्मा, बाबुराम खड्का, बिन्दु सुनार, मनिशा बि.सि., कृष्ण खड्का र सबिना खड्का चुनिएका छन् ।

संघको नयाँ कार्यसमिति निर्वाचित भए पछि संस्थाले जिल्लाका कलाकारहरुलाई समेटेर अघि बढ्ने र कलाकारका हक हित, अधिकार र सुरक्षाका कार्यक्रमहरु गर्दै जाने नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिए । खड्काले अब जिल्लाका कलाकारहरुलाई आफ्नो हक अधिकार र सुरक्षाका बारेमा सचेत गराउन संस्थाले योजना बनाएर नै अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस