अशोक ब्याञ्जुलाई नेकपा काभ्रेको अध्यक्षको जिम्मेवारी प्रदान

नौलो समाचार संवाददाता
२०७७ पौष १४, मंगलबार मा प्रकाशित ७७१ पटक पढिएको
अशोक ब्याञ्जुलाई नेकपा काभ्रेको अध्यक्षको जिम्मेवारी प्रदान

पुष १४, काभ्रे। नेकपा काभ्रेको जिल्ला कमिटी बैठकले पार्टी अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवालाई पदमुक्त गर्ने निर्णय गरेको छ। चौलागाईको स्थानमा केन्द्रिय सदस्य समेत रहेका अशोक ब्याञ्जु र सचिव वाईवाको स्थानमा नारायण पाण्डेलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

पार्टीको नेतृत्व गर्नुको सट्टा गुटगत गतीविधी गर्ने, फुटपरस्त गतिविधीमा सामेल हुने र गुटगत भेला आयोजना गरि पार्टी एकतालाई भाँड्ने लगायतका कार्य गरेको आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अशोक ब्याञ्जुले भने।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला कमिटीको दोश्रो पूर्ण बैठक पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको अध्यक्षतामा बनेपाको उग्रचण्डी होटलमा सम्पन्न भएको थियो ।

बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्नु हुने केन्द्रीय कमिटीका सदस्य र बाग्मति प्रदेश कमिटीका सदस्य उपस्थिती रहेको थियो । १ सय २६ सदस्यीय जिल्ला कमिटीमा २ जनाको निधन र एक जना बैदेशिक रोजगारमा छन् ।

बैठकले काभ्रे जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कमिटीमा मनोनित हनुभएका रामहरी सुवेदी, कुमार खकुरेल, नारायण पाण्डे, भिम न्यौपाने, कुमार थापा, अशोक ब्याञ्जु, अम्बुभवानी कार्की, नवीना लामा, रेशम लामा, चन्द्र लामा, उद्धव केसी, रिता ढकाल, रुक्मणी बराईली, प्रकाश गौतमलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्ने निर्णय गरेको छ ।

पार्टी जिल्ला कमिटीका सदस्यहरु हरिदेव गीरी र उज्वल लामा र पूर्व जिल्ला कमिटी सदस्य प्रेम सिग्देल र रामकृष्ण भण्डारीको असामयीक निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको अध्यक्ष ब्याञ्जुले बताए।


प्रतिक्रिया दिनुहोस