राष्ट्रिय संगितकर्मी पोखरामा नयाँ नेतृत्व

नौलो समाचार संवाददाता
२०७७ पौष २६, आईतबार मा प्रकाशित ८३३ पटक पढिएको
राष्ट्रिय संगितकर्मी पोखरामा नयाँ नेतृत्व

पुष २६, कास्की । राष्ट्रिय संगितकर्मी संघको अधिवेशन तिव्र गतिमा भई रहेको बेला पछिल्लो समय राष्ट्रिय संगितकर्मी संघ पोखरा नगर कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

पोखरामा सम्पन्न नगर अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गायकको अध्यक्षतामा गठित समितिमा प्रथम उपाध्यक्ष शाहिल गायक, द्वीतीय उपाध्यक्ष टंक चापागाई, महिला उपाध्यक्ष शान्ति बराल, महासचिव कुमार गौतम, सचिव उमेश अधिकारी, सहसचिव किरण अधिकारी, कोषाध्यक्ष सबिना क्षत्री, सह कोषाध्यक्ष तारा बास्तोला चयन भएक छन् ।

यस्तै सदस्यहरुमा बलराम अधिकारी, मोहन माल्बुल, प्रदिप ठकुरी, सुचेन्द्र परियार, रिता बराल निश्चल श्री निर्वाचित भएक छन् ।
नवगठित समितिका अध्यक्ष गायकले विभिन्न राजनितीक परिवर्तनमा कलाकारहरुको योगदान रहेकोले कलाकारको हक हितमा संस्था लागिपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस