पाइरेसी भएपछि यूट्युबमा आयो ‘छ माया छपक्कै’ (भिडियो सहित)

नौलो समाचार संवाददाता
२०७७ माघ ७, बुधबार मा प्रकाशित १०९० पटक पढिएको
पाइरेसी भएपछि यूट्युबमा आयो ‘छ माया छपक्कै’ (भिडियो सहित)

माघ ७, काठमाडौं। दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म सिनेमा हलमा प्रदर्शन भएको लामो समयपछि यूट्युबमा सार्वजनिक हुने गरेका छन् । ‘छक्का पञ्जा’ सिरिज हलमा रिलिजको २ वर्षको अन्तरालमा यूट्युबमा आएका थिए । दीपेन्द्र लामा निर्देशित सुपरहिट फिल्म ‘छ माया छपक्कै’ भने सिनेमा हलमा रिलिज भएको डेढ वर्षमै यूट्युबमा सार्वजनिक भएको छ ।

यो फिल्म पाइरेसीको शिकार हुन थालेपछि बुधवार यूट्युबमा सार्वजनिक गरिएको हो । केदार घिमिरे ‘माग्ने बुढा’ को यूट्युब च्यानल आमा अग्नी कुमारी मिडियाबाट सार्वजनिक भएको फिल्मले घरेलु बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको थियो । रोहित अधिकारीले निर्माण गरेको यो फिल्ममा दीपक(दीपाको समुहले मुनाफाको ६० प्रतिशत लिने सर्तमा काम गरेका थिए ।

यूट्युब रिलिजको ६ घण्टामा २८ हजार भ्यूज पाएको फिल्मलाई १५ सय लाइक्स र डेढ सय बढी कमेन्ट प्राप्त छ । कमेन्ट बक्स निहाल्ने हो भने फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्मले उठाएको विषयवस्तु अहिलेको राजनीतिक अवस्थासँग मिल्दोजुल्दो रहेको दर्शक प्रतिक्रिया छ । त्यस्तै, केदार घिमिरे र केकी अधिकारीको अभिनयको मुक्तकण्ठले प्रशंसा भएको छ ।

हरी हुमागाईंले खिचेको फिल्ममा राजनीतिक द्वन्द्वको बीचमा पलाएको प्रेम र प्रेमले राजनीतिमा पारेको प्रभावलाई देखाइएकोे छ । राजनीतिक पृष्ठभूमिसँग जोडेर प्रेम र हास्य रस पस्किएको फिल्ममा दीपकराज गिरी, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शरदा गिरी, विष्णु सापकोटा, अनुराग कुँवर, स्व। दीपक क्षेत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

पुरा फिल्म हेर्नुहोस् :-


प्रतिक्रिया दिनुहोस