निर्वाचन तोकिएको समयमा हुन्छ: प्रधानमन्त्री ओली

नौलो समाचार संवाददाता
२०७७ माघ १२, सोमबार मा प्रकाशित ४७८ पटक पढिएको
निर्वाचन तोकिएको समयमा हुन्छ: प्रधानमन्त्री ओली

माघ १२, दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने दाबी गर्नुभएको छ ।

दाङको राप्ती गाउँपालिकाको लालमटियामा आफू निकट (नेकपा) जिल्ला संगठनले आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयमै निर्वाचन हुने दाबी गर्नुभयो ।

उहाँले देश निर्वाचनको बाटोमा गइसकेको भन्दै ओलीले निर्वाचन गराउँदैनन् भन्नेको पछि नलागी चुनावको तयारीमा लाग्न समेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै बाटो बिराएको मान्छेको संज्ञा दिनुभयो ।

उहाँले देश विकासको लहरमा लागिसकेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस