माघ २१, काभ्रे। काभ्रे जिल्लाको बनेपामा नेकपा प्रचण्ड-नेपाल समूहले बुधबार साँझ मसाल जुलुस निकालेको छ ।
विहिबार गर्ने भनिएको आमहडतालको पूर्वसन्ध्यामा काभ्रेको बनेपामा मसाल जुलुस निकालिएको नेकपा प्रचण्ड-नेपाल समूहले बताएको छ ।
आजको मसाल जुलुसमा नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईं, सचिव टोकबाहदुर वाइवा, बागमती प्रदेश सांसद लक्ष्यमण लम्साल, विद्यार्थी नेता दिपक गौतम, युवा संघ केन्द्रीय सदस्य भेषराज शाह लगायतको उपस्थिति रहेको थियो ।
नेकपा प्रचण्ड-नेपाल समूहका नेता र कार्यकर्ताको उपस्थितिमा बनेपाको चादनी चोकबाट चार दोबाटोसम्म मसाल जुलुस निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस