काठमाडौं उपत्यकाबाट प्रचण्ड-नेपाल समूहका १५० कार्यकर्ता पक्राउ

नौलो समाचार संवाददाता
२०७७ माघ २२, बिहिबार मा प्रकाशित ४२० पटक पढिएको
काठमाडौं उपत्यकाबाट प्रचण्ड-नेपाल समूहका १५० कार्यकर्ता पक्राउ

माघ २२, काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्तालका क्रममा काठमाडौं उपत्यकाबाट १५० नेता–कार्यकर्ता पक्राउ परेका छन् । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आमहड्तालको घोषणा गरेको हो ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा,विजय पौडेल लगायत १ सय ५० बढी नेता–कार्यकर्ता पक्राउ परेको संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिन्छ । प्रर्दशनकारी काठमाडौंको कोटेश्वरलगायत क्षेत्रमा जम्मा भएका छन् ।


प्रतिक्रिया दिनुहोस