अब कोरोनाको उपचार सरकारी अस्पतालले मात्र गर्ने, पीसीआर परीक्षण शुल्क घट्यो

नौलो समाचार संवाददाता
२०७७ माघ २८, बुधबार मा प्रकाशित ४३२ पटक पढिएको
अब कोरोनाको उपचार सरकारी अस्पतालले मात्र गर्ने, पीसीआर परीक्षण शुल्क घट्यो

माघ २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचार अब सरकारी अस्पतालले मात्र गर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना भाइरस उपचारका लागि अब सरकारी अस्पताललाई मात्र तोकिएको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमले यस अघि कोरोना भाइरसको उपचारका लागि तोकिएका निजी अस्पतालहरुलाई आजका मितिले १० दिन सम्मको मात्र शोधभर्ना दिइने निर्णय भएको बताउनुभयो ।

यस्तै सरकारले सरकारी प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क समेत घटाएको छ ।

अब सरकारी प्रयोगशलाहरुले पीसीआर परीक्षण गरेको १ हजार शुल्क लिने प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस