कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप, काभ्रेमा भोलीदेखी

नौलो समाचार संवाददाता
२०७७ फागुन १, शनिबार मा प्रकाशित १०१९ पटक पढिएको
कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप, काभ्रेमा भोलीदेखी

फागुुन १, काभ्रे। देशभर दोश्रो चरणको खोप अभियान भोली (साेमबार)बाट संचालन हुँदैछ । काभ्रे जिल्लामा पनि भोली(साेमबार) देखि कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप लगाईने भएको छ।

नेपाल सरकारको निर्णय अनुसार भोली फागुन २ गते देखि ७ गते सम्म दोस्रो चरणको खोप कार्यक्रम संञ्चालन गरिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

पहिलो चरणमा जस्तै जिल्लाको धुलिखेल अस्पताल र मेथिनकाेट अस्पतालमा गरि दुई ओटा खोप केन्द्र तोकिएको छ ।

भोली बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायतका ब्यक्तिहरु,स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु, निजामती सेवामा कार्यरत कर्मचारीहरु, बैकमा कार्यरत कर्मचारीहरुलाई खोप लागाईने छ ।

यस्तै नेपाल प्रहरी, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारीहरु, न्याय सेवा समुहका कर्मचारी, संचारकर्मीहरु, नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सूचीमा परेका ब्यक्तिहरुलाई लक्षित गरिएको कार्यालय प्रमुख डाक्टर झाले बताए ।

लक्षित समुहमा परेका व्यक्तिहरुले खोप लगाउन आउँदा पहिचान खुल्ने परिचयपत्र अनिवार्य ल्याउन र तोकिएको अवधी भित्र खोप लगाउन कार्यालयलेआग्रह गरेको छ ।

यस्तै कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियानमा काभ्रे जिल्लामा ३ हजार ४ सय ९४ जनालाई खोप लगाईसकिएको छ ।

प्रतिक्रिया दिनुहोस