आफ्ना क्षेत्रका सहकारीहरुसँग मिलेर पनौतीले नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने

नौलो समाचार संवाददाता
२०७७ फागुन ३, सोमबार मा प्रकाशित ४९१ पटक पढिएको
आफ्ना क्षेत्रका सहकारीहरुसँग मिलेर पनौतीले नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने

फागुन ३, काभ्रे । पनौतीले नगरपालिका भित्र रहेपनौतीले नगरपालिका भित्र रहेका सहकारीहरुसँग सहकार्यमा कार्यक्रम गर्ने का स्थानीय सहकारीहरुसँग सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाको सातौँ नगर सभाबाट आर्थिक बर्ष २०७७/७८ का लागि स्थानीय सहकारी क्षेत्रसँगको सहकार्यमा कार्यक्रम गर्नको लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको थियो ।

सोही बजेट मार्फत काम गर्नको लागि आज नगरपालिकाले स्थानीय सहकारीहरुसँग प्रस्ताव पनि माग गरेको छ । ईच्छुक स्थानीय सहकारीले १५ दिन भित्र नै प्रस्ताव पेश गर्नको लागि अनुरोध गरिएको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय सहकारीहरुसँगको सहकार्यमा गरिने कार्यक्रममा सहकारी ऐन नियमका मुख्य विषेशताा एंव ऐक्यवद्धता तथा आबद्ध गोष्टि, कोपोमिस सम्बन्धि तालिम र सम्पत्ति सुद्धिकरण सम्बन्धि तालिम तयायतका कार्यक्रम रहेका छन् ।


प्रतिक्रिया दिनुहोस