फागुन १२, काभ्रे । काभ्रेमा थप एक जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लाका ३ हजार ३ सय ५० जनालाई भाईरसको संक्रमण भईसकेको छ । यस्तै भईरस संक्रमित मध्ये उपचार पछि आज एक जना भाईरस मुक्त भएका छन् ।
अब जिल्लामा ३ जना महिला र ३ जान पुरुष गरि ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो । यस्तै भाईरसका कारण जिल्लामा ६२ जनाको ज्यान गईसकेको छ ।
ति मध्ये ४५ जना जिल्लाकै हुन् भने १७ जना अन्य जिल्लाका हुन् । हाल सम्म कोरोना भाईरस बिरुद्धको पहिलो चारणमा ६ हजार ७ सय ८९ जनालाई खोप लागाई सकिएको छ ।
प्रतिक्रिया दिनुहोस