काभ्रेमा ३ जना कोरोना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ फागुन २०, बिहिबार मा प्रकाशित ७१५ पटक पढिएको
काभ्रेमा ३ जना कोरोना संक्रमित थपिए
corona kavre

फागुन २०, काभ्रेे। जिल्लामा आज (बिहिबाार) थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका सबै संक्रमित मण्डनदेउपुर नगरपालिकाको रहेको कार्यालयका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिए । योसँगै अहिले जिल्लामा कुल कोरोना संक्रमितको संख्या ३३ सय ५६ पुगेको छ ।

जिल्लामा अहिले बनेपा नगरपालिकामा १ जना पुरुष, धुलिखेल नगरपालिकामा १ जना महिला र ४ जना पुरुष र मण्डनदेउपुर नगरपालिकामा १ जना महिला र २ जना पुरुष गरी ९ जना सक्रिय कोरोना संक्रमित रहेको प्रमुख डा. झाले बताए।

हालसम्म जिल्लाका ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस