काभ्रेका १४ हजार ८ सय १ जना जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाए

नौलो समाचार संवाददाता
२०७७ चैत्र २, सोमबार मा प्रकाशित ६७३ पटक पढिएको
काभ्रेका १४ हजार ८ सय १ जना जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाए

चैत २, काभ्रे । दोस्रो चरणको खोप अभियान अन्तर्गत काभ्रेमा हालसम्म ६५ वर्षमाथिका १४ हजार ८ सय १ जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

कार्यालयका अनुसार ७ हजार ४ सय ८३ महिला र ७ हजार ३ सय १८ पुरुषलाई कोरोना विरुद्धको खोप लगाइएको हो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार जिल्लाका १३ स्थानिय तहमा गरि हालसम्म १४ हजार ८ सय १ जना जेष्ठ नागरिकले खोप लगाएका छन् ।

जस अन्तर्गत बनेपामा एक हजार ९९६ जना, पनौतीमा एक हजार ८३४, धुलिखेलमा एक हजार २३१, पाँचखालमा एक हजार ४२९, नमोबुद्धमा एक हजार ५११, मण्डनदेउपुरमा एक हजार ३१९ जनाले कोरोना बिरुद्धको खोप लागेका छन्। यसैगरी भुम्लु गाउँपालिकामा  ८ सय ५१ जना, रोशी गाउँपालिकामा ५ सय ३९, बेथानचोक गाउँपालिकामा ६ सय ८०, तेमाल गाउँपालिकामा एक हजार ६८, महाभारत गाउँपालिकामा ७ सय १०, खानीखोला गाउँपालिकामा ४ सय ३५ र चौंरीदेउराली गाउँपालिकामा एक हजार १९८ जना बृद्धाले खोप लगाएका छन् ।

यसअघि पहिलो चरणमा ६ हजार ७ सय ९९, पहिलो प्राथमिकतामा ३ हजार ४ सय ९४ र दोस्रो प्राथमिकतामा ३३ सय ५ जनालाई कोरोना विरुद्धको खोप लगाइएको कार्यालयको जानकारी छ ।


प्रतिक्रिया दिनुहोस