प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन पनौती नगरपालिकाको आग्रह

नौलो समाचार संवाददाता
२०७७ चैत्र २, सोमबार मा प्रकाशित १२९४ पटक पढिएको
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन पनौती नगरपालिकाको आग्रह

चैत २, काभ्रे । काभ्रेको पनौती नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी नगरबासीलाई अग्रह गरेको छ । नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को लागी न्युनतम रोजगारीमा संलग्न हुन नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

ईछुक बेरोजगार व्यक्तिहरुले सार्वजनिक बिकास निर्माणका काममा सहभागी हुनु पर्ने बताईएको छ ।

रोजारमा संलग्न हुन ईछुक बेरोजगार व्यक्तिहरुले यही चैत २० गतेसम्म आफ्नो स्थायी बसोबास गरेको स्थानीय तहको संम्बन्धीत वडा कार्यालयमा गई बेरोजगार व्यक्तिहरुको सुचिमा सुचिकृत हुनुपर्ने छ ।

यस अघि सुचिकृत भएकाहरुले भने पुनः फारम भर्नु नपर्ने तर काम गर्न ईच्छुक भए-नभएको कुरा संम्बन्धीत वडामा जनाकारी गराउनु पर्ने बताईएको छ । वडा कार्यलयमा परेको निवेदनहरु मध्ये मापदण्ड अनुसार प्राथमिकता तोकेर वास्तविक बेरोजगार व्यक्तिहरुको छनौट गरिने नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस नगरपालिकाको सूचना

प्रतिक्रिया दिनुहोस