धुलिखेल / प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ पुस्तक माथि धुलिखेलमा विमर्श गरिएको छ।
पुस्तक प्रकाशक संस्था पाणिनी बुक्सले गरेको पुस्तक विमर्शमा लेखक शाक्यको जीवनका विभिन्न पाटो र पुस्तकबारे चर्चा परिचर्चा गरियो।
कार्यक्रममा लेखक राधिका शाक्यले प्रधानमन्त्री रहेका पति केपी शर्मा ओली र बाबुआमासँगको सम्बन्धबारे सविस्तार चर्चा गरिन् । मुलुकमा नकारात्मकता मात्रै फेलिएकोमा चिन्ता व्यक्त गर्दै उनले सकारात्मकता फैलाउनुपर्नेमा जोड दिइन् । श्रीमानकै प्रेरणाले आत्मकथा लेखेको बताउँदै शाक्यले विभिन्न राजनीतिक व्यवस्थाबारे युवा पुस्ताहरुले जानकारी दिने उद्देश्य समेत रहेको बताइन् ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करुणाले दया, माया, करुणालाई नजिकबाट अनभूत गर्न झक्झकाउने बताए।
नविल बैँकका प्रमुख कार्यकारी अधिकृत तथा प्रेरक वक्ता मनोज ज्ञवालीले आत्मकथा ‘करुणा’ ले सुरुदेखि अन्तिमसम्म सबैमा करुणा झल्किने बताए ।
धुलिखेल नगरपालिकाका प्रमुख अशाेककुमार व्याञ्जुले लेखकको कृतित्व र व्यक्तित्वबारे चर्चा गरे।
काभ्रेबाट पुस्तकबारे विमर्श सुरु गरेको र सातवटै प्रदेशमा यस्तो कार्यक्रम आयोजना गर्ने पाणिनी बुक्सका अध्यक्ष रामवाबु नेपालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस