काभ्रेमा आज थप ३ जनामा कोरोना संक्रमण

नौलो समाचार संवाददाता
२०७७ चैत्र ८, आईतबार मा प्रकाशित १३६० पटक पढिएको
काभ्रेमा आज थप ३ जनामा कोरोना संक्रमण

चैत ८, काभ्रे । काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार आज थपिएका संक्रमित पनौती र बनेपा नगरपालिकाका रहेका छन् ।

योसँगै काभ्रेमा कोरोना संक्रमितको कुल संख्या ३३ सय ७५ पुगेको छ ।

जिल्लामा अहिले ५ जना महिला र ५ पुरुष गरी १० जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका काभ्रेले जनाएको छ । कार्यालयका अनुसार सबै सक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

थप विवरण : 


प्रतिक्रिया दिनुहोस