काभ्रे प्रशासनले भन्यो! कोरोना सङ्क्रमित बढे, स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुस्

नौलो समाचार संवाददाता
२०७७ चैत्र ११, बुधबार मा प्रकाशित ८४८ पटक पढिएको
काभ्रे प्रशासनले भन्यो! कोरोना सङ्क्रमित बढे, स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुस्

चैत ११, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले पछिल्लो समय कोरोनाका बिरामीहरू बढ्न थालेको भन्दै थप सचेत रहन आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति मार्फत कार्यालयले कोरोनाका बिरामी बढ्न थालेकोभन्दै धेरै भिडभाड नगर्न र स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको हो ।

छिमेकि मुलुक भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको र नेपालमा पनि संक्रमण दर बढ्न थालेपछि नेपाल सरकाले स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको हो ।

प्रशासन कार्यालय काभ्रेले होलीमा भिडभाड नगर्न समेत आम नागरिकहरूलाई आग्रह गरेको छ । कार्यालयले अबदेखि सार्वजनिक यातायातमा अनिवार्य मास्क प्रयोग गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

मास्क प्रयोग नगरी यात्रा गरिएको पाइए सङ्क्रमण रोग ऐन अनुसार कारबाही गरिने पनि प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस